अष्ट्रेलियाले अक्टोबरदेखि विदेश यात्राका लागि भ्याक्सीन पासपोर्ट दिने

अस्ट्रेलियाको केन्द्रिय सरकारले आगामी अक्टोबरदेखि विदेश जानेका लागि ‘अन्तर्राष्ट्रिय कोभिड भ्याक्सिन पासपोर्ट’ वितरण गर्ने तयारी गरेको छ।

सम्बन्धित सामग्री

इयूले दियो भारतलाई झट्का, कोभिशिल्ड लगाउनेलाई इयूले ‘भ्याक्सीन पासपोर्ट’ नदिने

एजेन्सी। युरोपेली युनियन (इयू)ले भारतलाई झट्का दिएको छ। इयूले भारतमा निर्मित कोरोना विरुद्धको खोप काभिशिल्ड लडाउनेलाई ‘भ्याक्सीन पासपोर्ट’ नदिने घोषणा गरेको छ। यो निर्णयसँगै भारतमा बनेको कोभिशिल्डलाई इयूले मान्यता नदिएको बताइएको छ। युरोपियन मेडिसिन एजेन्सीले हालसम्म चारवटा खोपलाई मात्र मान्यता दिएको छ। मान्यता दिएका खोप लगाउनेलाई मात्र इयूले प्रवेश दिने जनाएको हो। भारतमा अधिकांसलाई कोभिशिल्ड खोप दिइएको छ।

‘भ्याक्सीन पासपोर्ट’ बारेमा भारतमा पनि छलफल

कोरोनाभाइरसबाट अति प्रभावित मुलुक भारतमा पनि ‘भ्याक्सीन पासपोर्ट’को बारेमा छलफल सुरु भएको छ । जापानलगायतका विश्वका कतिपय देशहरुले ‘भ्याक्सीन पासपोर्ट’ प्रयोगमा ल्याउने निर्णय गरिसकेका बेला भारतमा यस बारेमा छलफल सुरु भएको हो । कोरोनाभाइरस विरुद्धको खोप लगाइसकेकाहरुको पहिचान र उनीहरुलाई विदेश भ्रमणमा सहज गराउने उद्धेश्यले ‘भ्याक्सीन पासपोर्ट’को अभ्यास सुरु भएको छ । भारतले पनि कोरोनाभाइरसको दुवै खोप लगाएकाहरुलाई विदेश यात्राका लागि सजिलो बनाउन ‘भ्याक्सीन पासपोर्ट’ दिने वा त्यसो गर्नु समानताका हिसाबले न्यायोचित नहुने भन्ने बारेमा छलफल हुन थालेको बिहीबार जनाएको छ ।