फोहाेर व्यवस्थापनमा हातेमालो गर्दै रेडक्रसका स्वयंसेवक

काठमाडौं । मानवीय सेवाका विविध गतिविधिमा जुटिरहने रेडक्रसका स्वयंसेवकले काठमाडौं महानगरपालिकाको फोहाेर व्यवस्थापनमा पनि हातेमालो गर्न थालेका छन् । यसक्रममा उनीहरुले आज बिहानदेखि कामपाका मुख्य सडक तथा चोकमा छरपष्ट भएका फोहरलाई प्लास्टिकको थैलोमा राख्ने र कामपाकै गाडीमा राखेर पठाउने कामको अभियान सुरुआत गरेका हुन् । सो अभियानमा नेरेसो काठमाडौँ जिल्ला शाखामा आबद्ध ५० स्वयंसेवक खटिएका […]