आर्थिक वर्ष २०७७/७८ मा संघ, प्रदेश र स्थानीय तहको एकीकृत खर्च १४.४ प्रतिशतले बढेर रू.१३ खर्ब ६२ अर्ब १८ करोड पुगेको अर्थ मन्त्रालयले जनाएको छ। आर्थिक सर्वेक्षणअनुसार आर्थिक वर्ष २०७७/७८ मा कुल एकीकृत खर्चमा चालु खर्च, पुँजीगत खर्च र वित्तीय व्यवस्थातर्फको खर्चको हिस्सा क्रमशः ५४.४ प्रतिशत, ३६.५ प्रतिशत र ९.१ प्रतिशत रहेको हो। आर्थिक वर्ष २०७६/७७ मा यस्तो हिस्सा क्रमशः ५६.० प्रतिशत, ३४.१ प्रतिशत र ९.९ प्रतिशत रहेको थियो। चालु आर्थिक वर्षको फागुनसम्म संघीय राजस्व गत आर्थिक वर्