काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लाे तामाकोशीको काममा भइरहेको ढिलाइ सह्य नहुने बताउनुभएको छ । बिहीवार नापी कार्यालयबाट अनलाइन प्रणाली 'मेरो कित्ता' मार्फत सेवा प्रवाहको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लाे तामाकोशीको काममा अस्वाभाविक रूपमा ढिलाइ गरिएको भन्दै यस्तो ढिलासुस्ती सह्य नहुने बताउनुभएको हो । माथिल्लाे तामाकोशीको काममा दैनिक १३ करोड रुपैयाँ खर्च भइरहेकाले काम किन ढिलो भइरहेको छ भन्नेमा आफूले विशेष रुचि बढाउनुपर्ने आवश्यकता रहेको पनि प्रधानमन्त्री ओलीले बता...