प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरुले पेस गरेको बन्दसूचीमा पुरुषको तुलनामा महिलाको सङ्ख्या बढी रहेको पाइएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फको अन्तिम बन्दसूचीको नामावली अनुसार एक हजार सात सय ७२ जना महिला छन् । यस्तै, पुरुष एक हजार तीन सय ६३ जना छन् । समानुपातिकतर्फ ६३ राजनीतिक […]
कोहलपुर–सुर्खेत १३२ केभीए विद्युत प्रसारण लाइन निर्माण सम्पन्न भएपछि कर्णालीबासीले थप बिजुली उपयोग गर्न पाउने भएका छन्। विगतमा १७ मेगावाट मात्र बिजुली पाएका कर्णाली प्रदेशका नौ जिल्लाका बासिन्दाले अब २०० मेगावाटसम्म विजुली पाउने छन्। यसले स्थानीयहरूको आँखामा बेग्लै चमक देखिन थालेको छ। “झण्डै ४ दशकदेखि हामी पुरानो कोहलपुर–सुर्खेत ३३ केभीए प्रसारण लाइनबाट हैरानी खेपिरहेका थियौं। […]
काठमाडौं – नेपाली क्रिकेट टिमले विश्वकप अगाडि चिरपरिचित प्रतिद्वन्द्वी यूएईविरुद्ध ७ विकेटको शानदार जित निकालेको छ। आईसीसी टी-२० विश्वकप २०२६ को तयारीस्वरूप खेलिएको पहिलो वार्म-अप खेलमा उपकप्तान दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले १०८ रनको साझेदारी गर्दै उत्कृष्ट जित निकालेका हुन्। ६ ओभर ५ बलको समाप्तिमा मात्र ४५ रन बनाउँदा नेपालले तीन विकेट गुमाइसकेको थियो। ओपनर […]
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ १३ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७३ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ९४ पैसा र बिक्रीदर १७० रुपैयाँ ६५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ […]
तनहुँ। भानु नगरपालिका–९, काउरेटारमा निर्माण गर्न लागिएको बहुउद्देश्यीय कभर्डहल तथा रङ्गशालाको विस्तृत परियोजना प्रतिवेदनको प्रारम्भिक मस्यौदा तयार भएको छ। भानु नगरपालिकाले उक्त रङ्गशालाको विस्तृत परियोजना प्रतिवेदन तयार गरेको हो। खेलकुद पूर्वाधार विकासतर्फ भानु नगरपालिकाले चालेको यस कदमलाई नगरकै मात्र नभई सम्पूर्ण तनहुँ जिल्लाको गौरवको आयोजनाका रूपमा हेरिएको छ। मस्यौदामा सरोकारवाला निकाय, प्राविधिक तथा जनप्रतिनिधिबाट प्राप्त […]
२१ माघ, काठमाडौं । बुढानीलकण्ठ नगरपालिका-१३ चुनीखेलमा लागेको आगो तीन घण्टापछि नियन्त्रणमा आएको छ । राति ११ बजे सुरु भएको आगलागी सुरक्षाकर्मीले ३ घण्टा लगाएर नियन्त्रणमा लिएको हो ।
बस्तीमा रहेका दुईवटा जस्ताको टहरामा आगलागी भएको …