प्रहरी कार्यालय रामेछापले जिल्ला अस्पताल रामेछापलाई १५ थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ ।
विश्वव्यापी रूपमा फैलिएको नयाँ भेरियन्ट सहितको दोस्रो चरणको कोभिड–१९ संक्रिमितको उपचारमा आवश्यक अक्सिजनको सहजताका लागि रामेछाप प्रहरीले सिलिण्डर हस्तान्तरण गरेको हो ।
विभिन्न मितिमा मोटर पार्ट्स, ग्रिल उद्योग, ग्यारेज, वर्कशपबाट संकलन गरेका अक्सिजन सिलिण्डर जिल्ला अस्पतालका प्रतिनिधिलाई हस्तान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख नवराज ढुंगानाले बताए ।
ढुंगानाले भने, ‘हामीले संकलन...