एमालेले नेपाली काँग्रेस नेतृत्वको पाँचदलीय गठबन्धन भत्काउन कुनै गाह्रो नभएको निष्कर्ष निकालेको छ । सत्ता गठबन्धन भत्काउन कुनै गाह्रो नभएको निष्कर्ष निकाले पनि एमालेले अन्तरपार्टी निर्देशन–४ मार्फत तत्काल त्यसतर्फ नलागेर भरपर्दो सहयात्री खोज्ने समेत जनाएको छ ।‘राजनीतिक नैतिकता र स्वस्थ लोकतान्त्रिक प्रतिस्पर्धाका सीमा रेखाहरूलाई बिर्सिदिएर सत्ताका लागि मात्रै गोटी चाल्ने हो भने गठबन्धन भत्काउन गाह्रो छैन तर तत्कालको स्वार्थपूर्तिका लागि टाउको गन्ती गर्नेतिर होइन, हाम्रो ध्यान आफ्नो गन