नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले धान दिवश मनाएको छ । क्रान्तिकारीले बुधबार काठमाडौंमा धान रोपेर धान दिवश मनाएको हो ।काठमाडौंको तारकेश्वर स्थित एम. डि. एस बहुउद्देश्यीय कृषी केन्द्रमा क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह, महासचिव दिपेश पुनसहितका नेता कार्यकर्ताहरूले धान रोपेर असार १५ मनाएको नेता यादव ढुङ्गानाले बताए ।विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि औपचारिक रुपमै राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । माओवादी केन्द्र काठमाडौ निर्वाचन