१३ वर्षअघि क्यानेडियन चर्चित गायक ब्रायन एडम्स नेपाल आएका थिए । २० हजारभन्दा बढी दर्शकमाँझ दशरथ रंगशालामा ब्रायनको सर्वाधिक धमाकेदार प्रस्तुति रह्यो । उक्त कन्सर्टको दर्शकदीर्घामा साक्षी थिए नेपाली चर्चित लोकरक ब्याण्ड नेपथ्यका अमृत गुरुङ । आज उनै गुरुङले ब्रायनको नेपाल झल्को मेटाउने गरी टोरन्टोको विश्वविख्यात ‘म्यासी हलमा’ प्रस्तुति दिदै छन् ।