जथाभावी ढुंगा उत्खनन गर्दा सामुदायिक वनमा पहिरो, बस्ती जोखिममा

खोटाङ– जथाभावी ढुंगा उत्खनन गर्दा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरी डाँडास्थित सिस्ने हर्कटे सामुदायिक वनमा पहिरो सुरु भएको छ । मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–सेखुवा सडक (४६ किलोमिटर) कालोपत्रेको जिम्मा लिएको निर्माण कम्पनी रमन–गोल्डेन गुड जेभीले सामुदायिक वन क्षेत्रभिबाट ढुंगा निकाल्दा पर्यवरणीय क्षती भएको हो । पहिरो नरोकिए सोभन्दा माथिल्लो गाउँका वस्ती जोखिममा पर्ने स्थानीय बताउँछन् […]