फिल्म ‘दौड’ निर्माण हुने भएको छ । निर्देशक मदन घिमिरेले आफ्नै निर्माण निर्देशनमा फिल्म बनाउन लागेका हुन् । फिल्म निर्माणका लागि उनले चलचित्र विकास बोर्डबाट अनुमति समेत लिइसकेका छन् । सामाजिक विषयमा प्रेमकथा समेटेर फिल्म ‘दौड’ निर्माण गर्न लागेको मदन घिमिरेले बताए ।‘हरेक मानिसले दैनिक जीवन जिउने क्रममा केही न केही दौड गरिरहेको हुन्छ । त्यही बिषयलाई सिम्पल तवरबाट फिल्ममा पस्किन लागेको छु’ निर्देशक घिमिरेले भने, ‘प्रेमकथा, एक्सन र कमेडी पनि फिल्मले समे