पल शाह प्रकरण: होटेलमा इन्ट्री भएको देखियो, १४ वर्षसम्म कैद र ४ लाख क्षतिपूर्ति दाबीसहित मुद्दा दायर

काठमाडौँः अभिनेता पल शाहविरुद्ध नवलपुर जिल्ला अदालतमा जबर्जस्ती करणीसम्बन्धी मुद्दा दायर भएको छ। जिल्ला सरकारी वकिल कार्यालयले बिहीबार दिउँसो साढे ३ बजेतिर अदालतमा अभियोगपत्र दायर गरेको हो। १२ वर्षदेखि १४ वर्षसम्म कैद सजाय र ४ लाख रुपैयाँ क्षतिपूर्ति माग दाबीसहित अभियोगपत्र दायर भएको सरकारी वकिल कार्यालयका सहायक न्यायाधिवक्ता डालबहादुर नेपालीले बताए।…