एसईई परीक्षाको नतिजा साउन १० गते सार्वजनिक हुने

राष्ट्रिय परीक्षा बोर्डले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन १० गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका अध्यक्ष डा महाश्रम शर्माले एसईई परीक्षाको नतिजा सार्वजनिक गर्नका लागि आवश्यक काम तीव्ररुपमा भइरहेको जानकारी दिए ।उनले नतिजामा प्राविधिकरुपमा कुनै समस्या नआओस् भनेर विद्यार्थीको विवरणहरू रुजु गर्ने कार्यलाई कडाइका साथ निगरानी गरिरहेको बताए । अध्यक्ष डा शर्माले भने, “विगतमा नतिजा सार्वजनिक भएपछि कहिले जन्म मिति, कहिले अङ्क, त कहिले के मिस्टेक भयो भन्दै सच्य

सम्बन्धित सामग्री

यसपटक पनि आन्तरिक मूल्याङ्कनबाटै एसईई

काठमाडौं, (नेस) । कोरोना संक्रमणका कारण यसपटकको माध्यमिक शिक्षा परीक्षा (एसईई) आन्तरिक मूल्याङ्कन विधिअनुसार हुने भएको छ ।गत वर्ष पनि कोरोना संक्रमणका कारण एसईई परीक्षा हुन नसकेपछि आन्तरिक मूल्याङ्कनका आधारमा परीक्षाको नतिजा सार्वजनिक गरिएको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सोमबार बसेको बैठकले आन्तरिक मूल्याङ्कनको विधिअनुसार गराउने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने निर्णय गरेको मन्त्रालयले जानकारी […]