सरकारले स्वदेशी उद्योग संरक्षण गर्ने नीति लिनुपर्छ : परिसंघ अध्यक्ष अग्रवाल

नेपाल उद्योग परिसङ्घका अध्यक्ष विष्णु अग्रवालले सरकारले स्वदेशी उद्योगको संरक्षण गर्नु पर्ने बताएका छन । आज राजश्व परामर्श समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै अग्रवालले सरकारले स्वदेशी उद्योगको संरक्षण गर्ने नीति लिनु पर्ने बताएका हुन । नेपाल उद्योग परिसङ्घले लिएको मेक इन नेपालको नीति बजेटमा समेटिएको छ । उद्योग स्थापनामा सबैभन्दा ठूलो समस्या जग्गाको हदबन्दी हो । उद्योगको जग्गा प्राप्तिका लागी १५/२० अर्ब लगानी चाहिन्छ । तर बजेटले जग्गाको समस्यालाई समाधान गर्न अघि बढेको अग्रवालले बताए ।&n