काठमाडौं : सांसद गंगाराम चौधरीले पछिल्लो समय क्याम्पसहरूमा विद्यार्थीहरूको भीडभाड हुनुपर्ने बेला विदेशका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भीडभाड देखिएको बताएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा उनले स्नातक तहमाथि कक्षाहरूमा विद्यार्थीहरूको संख्या न्यून भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।उनले स्नातक तहमाथि ५० प्रतिशत विद्यार्थी संख्या घटेको बताए। ‘क्याम्पसमा विद्यार्थीहरूको घट्दो क्रम जारी छ,प्लस टु सम्म विद्यार्थीहरूको संख्या सन्तोषजनक छ, तर मेरो अध्ययनले स्नातकमाथि ५०