काठमाडौं : दुईवटा निर्वाचन क्षेत्र रहेको गुल्मीमा यसपटक रोचक प्रतिस्पर्धा हुँदै छ। मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय राजनीतिमा ख्याति कमाइसकेका व्यक्तिहरूबीच प्रतिस्पर्धा हुँदै छ।गुल्मी–१ मा नेकपा एमालेका प्रवक्ता एवं उपमहाससचिव प्रदीपकुमार ज्ञवाली र सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका चन्द्र भण्डारीबीचको प्रतिस्पर्धा रोचक बन्दै छ। गुल्मी–१ एमालेले ०५१ सालदेखि ०६४ सालसम्म लगातार जित्दै आएको क्षेत्र हो। ज्ञवाली र भण्डारी ०६४ सालमा भएको पहिलो संविधानसभा न