काठमाण्डाै - महिला साफ च्याम्पियनसिप फुटबलमा भारतले माल्दिभ्सलाई ९–० गोलको फराकिलो अन्तरले हराउँदै सेमिफाइनलमा पुगेको छ ।दशरथ रङ्गशालामा आज भएको दोस्रो खेलमा भारतका लागि अञ्जु तामाङले ह्याट्रिकसहित ४ गोल गरिन् । यस्तै डाङमेई ग्रेसले दुई तथा प्रियंका देवी, काश्मिना र सौम्या गुगुलोथले एक/एक गोल गरे ।भारतको यो लगातार दोस्रो जित हो । समूह ‘ए’ बाट भारत र बङ्गलादेश समान २/२ जितका साथ सेमिफाइनलमा पुगेका छन् । भारतले पहिलो खेलमा पाकिस्तानलाई ३–० गोलले हराएको थियो । बङ्गलादेशले आज भएको दोस्रो खे...