एनआईसी एशिया बैंकको खातामा अब सोझै रकम पठाउन सकिने

काठमाडौं । एन आई सी एशिया बैंकको खातामा विश्वका विभिन्न देशहरूबाट अब VISA DIRECT मार्फत सोझै रकम पठाउन सकिने सेवाको सुभारम्भ भएको छ । यस बैंकले Visa इन्टरनेशनलसँग सहकार्य गर्दै अमेरिका, बेलायत, क्यानडा, युरोप, अष्ट्रेलिया, संयुक्त अरब इमिरेट्स, कतार, साउदी अरब जस्ता विश्वका १०० भन्दा बढी देशहरूबाट पठाइएको रकम आफ्नो बैंकको खातामा तुरुन्त प्राप्त गर्न […]

सम्बन्धित सामग्री

एनआईसी एशिया बैंक म्युचुअलका दुई फण्डले इकाईधनीको बैंक खातामा पठाए लाभांश

काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालित दुई फण्डले आफ्ना इकाईधनीहरूको बैंक खातामा नगद लाभांश पठाएका छन् । एनआईसी एशिया क्यालेन्सड् फण्ड र एनआईसी एशिया ग्रोथ फण्डले इकाईधनीहरूको बैंक खातामा नगद लाभांश पठाएका हुन् । गत आवको मुनाफाबाट एनआईसी एशिया ब्यालेन्सड् फण्डले करसहित १० प्रतिशत र एनआईसी एशिया ग्रोथ फण्डले १० दशमलव ५० प्रतिशत नगद लाभांश करसहित दिएका हुन् ।  यी दुवै फण्डले मङ्सिर १ गतेदेखि इकाईधनीहरूको बैंक खातामा नगद लाभा‌ंश पठाउन शुरु गरेकाले आफ्नो बैंक खातामा लाभांश प्राप्त भए/नभएको यकिन गर्न अनुरोध गरेका छन् ।  हालसम्म पनि आफ्नो हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका तथा हितग्राही खातामा उल्लेखित बैंक तथा वित्तीय संस्था मर्जरको कारणले गर्दा परिवर्तन भएका इकाईधनीले आफ्नो हितग्राही खाता रहेको सम्बन्धित निक्षेप सदस्यमा सम्पर्क गरी बैंक खातामा समयमै अद्यावधिक गराउनु पर्नेछ । त्यसपछि बैंक खातामा नै नगद लाभांश प्राप्त हुनेछ । योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटल लिमिटेड छ ।   सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्

एनआईसीले ल्यायो रेमिट्यान्सको पैसा सिधै खातामा ट्रान्सफर गर्न सकिने सुविधा

विभिन्न मुलुकबाट नेपालको जुनसुकै स्थानमा रेमिट्यान्स रकम तुरुन्त पठाउन सकिने गरी एनआईसी एशिया बैंक र ट्रान्सक्यास इन्टरनेशनल (आईपे) बीच व्यवसायिक सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र ट्रान्सक्यास इन्टरनेशनलको तर्फबाट क्षेत्रिय निर्देशक आकृति लामिछानेले हस्ताक्षर गरेका छन् ।  योसँग अब मलेसिया, जापान, हङकङ, सिंगापुर,...