राष्ट्रप्रमुख पौडेललाई बधाई

बिहीबार सम्पन्न राष्ट्रपतिको निर्वाचनबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल गणतान्त्रिक नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ। उहाँसँग नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता सुवास नेम्वाङ मैत्रीपूर्ण प्रतिस्पर्धामा हुनुहुन्थ्यो। संसद्मा प्रतिनिधित्व गर्ने १४ दलमध्ये नौ दलको पौडेललाई समर्थन भएकाले उहाँको जित आरम्भमै लगभग सुनिश्चितजस्तै थियो। लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपतिजस्तो गरिमामय पदमा निर्वाचित हुनुभएकोमा पौडेललाई सबैतिरबाट बधाई प्राप्त भइरहेको छ। संवैधानिक व्यवस्थाअनुरूप राष्ट्रपति पद कार्यकारी नभए पनि संविधानको परिपालना तथा संरक्षण