काठमाण्डाै - संयुक्त राष्ट्रसङ्घका पूर्व महासचिव बान कि मुनले कोरोना भाइरसविरुद्धको खोप वितरणको काममा समानता हुनुपर्ने बताउनुभएको छ । उहाँले यो महामारीले विश्वलाई नै उत्तिकै असर गरिरहेकाले सबै देशहरुले यो खोपको उपलब्धतामा समान व्यवहार अपनाउनुपर्नेमा जोड दिनुभएको छ ।
उहाँले अहिले यो खोपको उत्पादन र वितरणका क्षेत्रमा काम गरिहेका देशहरुले अहिलेको प्रयासलाई थप दोब्बर बनाउनुपर्नेमा जोड दिनुभएको हो । एक भिडियो कन्फ्रेन्समा बोल्दै उहाँले भन्नुभयो–'यो अवस्थामा विश्वलाई नै कोरोना भाइरसको महामारीबाट बचाउनुपर्छ...