अमेरिकालाई चीनको सन्देश : आगोमा घ्यू थप्ने काम स्वीकार्य छैन

चीनका विदेश मन्त्री वाङ यीले अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिन्केनलाई बेइजिङले आगोमा घ्यू थप्ने कुनै पनि कार्यको विरोध गर्ने बताएका छन्। ग्लोबल टाइम्सको रिपोर्टमा वाङ यीले रुस र युक्रेनबीच प्रत्यक्ष वार्ताका लागि प्रोत्साहन गरेको बताउँदै यो संकट वार्ता र छलफलबाट मात्र समाधान गर्न सकिने बताएका हुन् ।दुई हप्तामा दुई अधिकारीबीचको यो दोस्रो फोन वार्ता हो। यो संकटले चीनका लागि ठूलो चुनौती खडा गरेको छ । चीनले रुसको आक्रमणलाई अहिलेसम्म निन्दा वा समर्थन गरेको छैन । बेइजिङ आफूलाई युद्धको समर्थक समर्थकका