धनगढीमा विद्यार्थी लक्षित बैंकिङ शिक्षा कार्यक्रम सञ्चालन

धनगढी । सुदूरपश्चिम प्रदेशको धनगढीमा रहेको सुदूरपश्चिम एकेडेमीका विद्यार्थीहरुलाई बैंक तथा वित्तीय संस्था र डिजिटल बैंकिङबारे जानकारी गराइएको छ । बैंकिङ शिक्षा कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई लक्षित गरी साक्षरता कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी निर्देशक राकेश प्रजापतिले बैंक तथा वित्तीय संस्थाहरुले दिने सेवा, डिजिटल बैंकिङ र त्यसको प्रयोगबारे सहभागीहरुलाई जानकारी गराए […]