बोलिभियाकी पूर्वराष्ट्रपति अनेजलाई १० वर्ष जेल सजायको फैसला

बोलिभियाकी पूर्वराष्ट्रपति जेनिन अनेजलाई १० वर्षको जेल सजायको फैसला भएको छ ।  उनलाई गिरफ्तार गरेको झण्डै एक वर्षपछि अदालतले शुक्रबार १० वर्ष जेल सजाय दिनुपर्ने फैसला गरेको हो । अहिले ५४ वर्ष भएकी अनेजलाई गत वर्ष सन् २०२१ को मार्चमा गिरफ्तार गरेर अदालतमा सुनुवाइ र अनुसन्धान प्रक्रिया चलाइएको थियो । उनले भने आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएका छन् । आफूलाई राजनीतिक पूर्वाग्रहका आधारमा झूटा आरोपहरू लगाइएको उनको भनाई छ ।  पूर्व राष्ट्रपति अनेजले आरोपलाई अस्वीकार गरेपनि अदालतले दोष