‘हाइ भोल्टेज’ ले मृत्यु र घाइते भएपछि वितरण केन्द्रसँग ७ बुँदे सहमति

पर्वत : पर्वतको जलजला गाउँपालिका–७ धाइरिङमा सोमबार ‘हाइ भोल्टेज’ को विद्युत् प्रवाह हुँदा भएको क्षतिको विषयमा सातबुँदे सहमति भएको छ।सोमबार बिहान धाइरिङको धारापानी, ठूलास्वाँरा, माझस्वाँरा र शिरुवार क्षेत्रमा टाँगिएको विद्युतीय लाइन ‘हाइ भोल्टेज’ को विद्युत् प्रवाह हुँदा ५० वर्षीया सीता केसीको मृत्यु भएको थियो भने अरू ११ जना घाइते भएका थिए। ‘करेन्ट’ मा परेर स्थानीयले पालेका ११ वटा बाख्रा मरेका थिए।मंगलबार जिल्ला प्रशासन कार्यालय पर्वतमा सहायक प्रमुख