दुई महिनादेखि रोकियो लाइसेन्सको छपाइ, ८ लाख पर्खाइमा

करिब २ महिनायता सवारीचालक अनुमति पत्र (लाइसेन्स)को पूर्ण छपाइ कार्य रोकिएको छ । यातायात व्यवस्था विभागका अनुसार ठेक्का पाएको जर्मन कम्पनीले समयमै कार्ड डेलिभरी नगर्दा छपाइ कार्य प्रभावित भएको हो ।