नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ लागू भइसकेपछि आर्थिक वर्ष २०५९÷०६० देखि नेपाल राष्ट्र बैङ्कले वर्तमान आर्थिक गतिविधिको विश्लेषण, आगामी आर्थिक परिदृश्य र अघिल्लो वर्ष जारी गरिएको मौद्रिक नीति तथा नेपाल सरकारको वित्त नीति समेतको मूल्याङ्कन गरी आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गर्ने गर्दछ । आर्थिक वर्ष २०६१÷६२ देखि मौद्रिक नीतिको अद्र्धवार्षिक समीक्षा सार्वजनिक गर्ने प्रचलन सुरु गरेको पाइन्छ । वि.सं. २०७३ मा मौद्रिक नीति तर्जुमा कार्यविधि तयार गरी आर्थिक वर्ष २०७४÷७५ देखि मौद्रिक नीतिको त्रैमासिक समीक्षासमेत सार्वजनिक गर्ने अभ्यास प्रारम्भ भयो । यस्तो नीति तथा कार्यक्रम नेपाल सरकारको वित्त नीति अर्थात् बजेट संसद्मा प्रस्तुत भइसकेपछि मात्र सार्वजनिक गर्ने गरिन्छ । अर्थात् सरकारको वित्त नीति कार्यान्वयनका लागि मौद्रिक व्यवस्थापनका माध्यमबाट सघाउ पुग्नेगरी मौद्रिक नीति तर्जुमा गर्ने गरिन्छ ।