काठमाडौँ। यू– १८ महिला साफ च्याम्पियनसिप अन्तर्गत आज नेपालले भारतको समाना गर्दैछ। भारतको जम्सेदपुरमा सुरु हुन लागेको उद्घाटन खेलमा नेपाल र आयोजक भारतबीच प्रतिस्पर्धा हुन लागेको हो।
प्रिती राईको कप्तानीमा रहेको नेपाली टोलीले उपाधि जित्ने लक्ष्य राखेको छ। त्यसैले पहिलो खेल नै नेपालको लागि महत्वपूर्ण रहेको छ।