एनआईसी एसिया बैंकले नागरिक लगानी कोषको २५ हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले सार्वजनिक सूचनामार्फत सो सेयर बिक्रीका लागि गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको छ । प्रतिकित्ता न्यूनतम मूल्य ६८६ रुपैयाँ कायम गरी योग्य लगानीकर्ताबाट आवेदन माग गरिएको छ । बोलकबोलमा बढी मूल्य दिएका आधारमा आवेदक लगानीकर्तालाई सेयर बिक्री हुनेछ । […]