काठमाण्डाै – सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठकले चाँडो भन्दा चाँडो आफ्नो गृहकार्य पूरा गर्नका लागि कामलाई व्यवस्थित रूपले अघि बढाएको जनाएको छ । आज साेमवार बालुवाटारमा बसेकाे बैठकपछि सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्ताे जानकारी दिनुभएकाे हाे ।
मन्त्री कार्कीले सिट बाँडफाँटको मापदण्ड बनाउँदा विसं २०७४ सालको चुनावमा प्राप्त मत, समानुपातिक मत र २०७९ मा पालिका चुनावमा प्राप्त गरेको मतलाई आधार बनाउने बताउनुभयो । उहाँले नेकपा (ए...