रुकुमपूर्व भूमे–४ मा माओवादी केन्द्र–एमाले गठबन्धन विजयी

रुकुम (पूर्व) : भूमे गाउँपालिका–४ मा नेकपा माओवादी केन्द्र–एमाले गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन्। भूमे–४ मा माओवादी केन्द्र–एमाले गठबन्धनको प्यानल विजयी भएको हो।माओवादी केन्द्र–एमाले गठबन्धनमा एमालेको तर्फबाट वडाध्यक्ष पद र अन्य चार वडा सदस्य माओवादी केन्द्र तर्फबाट उम्मेदवारी दिएका थिए भने कांग्रेसले एकल उम्मेदवार दिएको थियो।माओवादी केन्द्र–एमाले गठबन्धन वडाध्यक्षमा एमालेका श्यामप्रसाद बुढा निर्वाचित भएका छन्। बुढाले निकटतम प्रतिस्पर्धी कांग्रेसका चंखब

सम्बन्धित सामग्री

जिल्ला समन्वय समिति दोलखामा सत्तारुढ गठबन्धन विजयी

जिल्ला समन्वय समिति दोलखामा सत्तारुढ गठबन्धन विजयी भएको छ । बुधबार भएको जिल्ला समन्वय समितिको निर्वाचनमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका बर्जुराम घतानी (कृष्ण) र उपप्रमुखमा एकिकृत समाजवादीका दोर्जी शेर्पा विजयी भएका हुन् ।निर्वाचनमा कुल १८ मत खसेको थियो । जसमध्ये गठबन्धनका प्रमुख र उपप्रमुखले ११–११ मत प्राप्त गरेका छन् भने  उनीहरुका निकटतम प्रतिद्वन्द्वी एमालेका प्रमुख पदका उम्मेदवार ऋषिकेश उप्रेती र उपप्रमुखका उम्मेदवार गोमा केसीले ७–७ मत प्राप्त गरेका छन् ।  दोलखा जिस

सुर्खेत जिससमा एमाले-माओवादी गठबन्धन विजयी

सुर्खेत । जिल्ला समन्वय समिति सुर्खेतमा एमाले र माओवादी केन्द्र गठबन्धन विजयी भएका छन् । जिल्ला समन्वय समितिको प्रमुखमा एमालेका गंगाराम सुनार र उपप्रमुखमा माओवादीका सचिनकुमार बडुवाल विजयी भएका हुन् । शुक्रबार भएको निर्वाचनमा १० मतसहित एमाले र माओवादी गठबन्धन प्यानल विजयी भएको छ । गठबन्धनका उम्मेदवारले १० मत पाउँदा कांग्रेसका उम्मेदवारले आठ मत पाएको मुख्य निर्वाचन अधिकृत डा. […]

सुर्खेत जिससमा एमाले-माओवादी गठबन्धन विजयी

जिल्ला समन्वय समिति सुर्खेतमा नेकपा एमाले र माओवादीको गठबन्धन विजयी भएका छन् । जिल्ला समन्वय समितिको प्रमुखमा एमालेका गंगाराम सुनार र माओवादी केन्द्रका उपप्रमुखमा सचिनकुमार बडुवाल विजयी भएका हुन् ।  शुक्रबार...

जिसस सुर्खेतमा एमाले-माओवादीको गठबन्धन विजयी

जिल्ला समन्वय समिति सुर्खेतमा नेकपा एमाले र माओवादीको गठबन्धन विजयी भएको छ ।

मकवानपुरको बागमती गाउँपालिकामा गठबन्धन विजयी

मकवानपुर – मकवानपुरकाे पूर्वी गाउँपालिका बागमतीमा सत्तारुढ गठबन्धन विजयी भएको छ । सत्तारुढ गठबन्धनतर्फ नेकपा माओवादी केन्द्रका उम्मेदवार सर्केश घलान प्रमुखमा र नेपाली कांग्रेसका उम्मेदवार फणिन्द्र तिमल्सिना उपप्रमुखमा निर्वाचित हुनुभएकाे हाे । सर्केशले नेकपा एमालेका उम्मेदवार खेम जर्गामगरलाई पराजित गरेका हुन् । सर्केशले ७ हजार ३८४ मत प्राप्त गर्नुभयाे भने उहाँका प्रतिस्पर्धी खेमले ६ हजार १६६ मत पाउनुभयाे । यस्तै, उपाध्यक्षमा विजयी हुनुभएका फणिन्द्रले ७ हजार ९३५ मत तथा उपमेयरमा पराजित एमालेकी उम्म्दवार धनमाया स्य...

चौतारा साँगाचोकगढीमा माओवादी–समाजवादीको गठबन्धन विजयी

सिन्धुपाल्चोकको सदरमुकामसमेत रहेको चौतारा साँगाचोकगढी नगरपालिकामा माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धन विजयी भएका छन् ।  माओवादी केन्द्रका कृष्णप्रसाद सापकोटा मेयरमा र एकीकृत समाजवादीकी सीता थापा उपमेयरमा निर्वाचित भएका हुन्...

सिन्धुपाल्चोकको साँगाचोकगढीमा माओवादी समाजवादीको गठबन्धन विजयी

काठमाडौँ – सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धन विजयी भएको छ। माओवादीबाट प्रमुखमा उम्मेदवारी दिएका कृष्णप्रसाद सापकोटा र समाजवादीबाट उपप्रमुखमा उम्मेदवारी दिएकी सीता थापा विजयी भएकी हुन्। सापकोटाले ४३६१ मतान्तरले एमालेका मेयर उम्मेदवार इन्द्र नेपाललाई पराजित गरे। उनले ११०७२ मत ल्याए भने नेपालले ६७११ मत ल्याए। त्यस्तै नेपाली कांग्रेसका मेयर उम्मेदवार […]

पाल्पाको रिब्दीकोट गाउँपालिकामा गठबन्धन विजयी

पाल्पा : रिब्दिकोट गाउँपालिकामा गठबन्धन विजयी भएको छ। गठबन्धनतर्फका नेकपा माओवादी केन्द्रका उम्मेदवार नारायणबहादुर कार्की पाँच हजार ७०४ मत प्राप्त गरी विजयी भएका हुन्।उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार नारायणबहादुर जिसीले चार हजार ७२६ मत पाएका छन्। उपाध्यक्षमा गठबन्धनकै नेपाली कांग्रेसकी उम्मेदवार कान्ता अधिकारी विजय भएकी छिन्। उनले पाँच हजार ४७९ मत पाएकी छन्।उनका प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवार लक्ष्मी खनालले ४ हजार ९२६ मत प्राप्त गरेकी छन्।

म्याग्दीको धवलागिरी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा गठबन्धन विजयी

म्याग्दी – पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिकामा सत्तापक्षीय गठबन्धन विजयी भएको छ । गाउँपालिकाको अध्यक्षमा विजयी हुनुभएका नेपाली कांग्रेसका उम्मेदवार प्रेमप्रसाद पुनले ३ हजार १ सय २३ मत ल्याउनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका थमसरा पुनले २ हजार ५ सय ४८ मत पाउनुभएको छ ।       यसैगरी पालिकाको उपाध्यक्षमा पनि सत्तापक्षीय गठबन्धनबाट नेकपा माओवादी केन्द्रका रेशम पुनले २ हजार ८ सय १२ मत ल्याएर विजयी हुनुभएको सहायक निर्वाचन अधिकृत पूर्णबहादुर खत्रीले जानकारी दिनुभयो । उहाँका ...

सल्यानको कुमाख गाउँपालिकामा काँग्रेस र एमालेको गठबन्धन विजयी

सल्यानको कुमाख गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा एमालेको गठबन्धन विजयी भएको छ । अध्यक्षमा काँग्रेसका मानबहादुर बुढाथोकी ४६ मतान्तरले विजयी भएका हुन् । बुढाथोकीले ४०५८ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका डिल्लीराज जैसीले ४०१२ मत ल्याएको निर्वाचन अधिकृत रामहरी रिजालले रातोपाटीलाई जानकारी दिए   ।उपाध्यक्षमा पनि गठबन्धनबाट एमालेका लालबहादुर रावत विजयी भएका छन् । रावतले ४१४३ मत ल्याए भने माओवादीका धनसरा मल्लले ३९४३ मत ल्याएको उनले बताए  ।