कारोना भाइरस जोखिम न्यूनीकरणमा महासंघको पहल

कोरोना भाइरस (कोभिड–१९) को जोखिम न्यूनीकरणका लागि नेपाल उद्योग वाणिज्य महासंघले पहल कदमी लिने भएको छ । विश्व नै त्रासत स्थितिमा रहेको अहिलेको अवस्थालाई समीक्षा गर्दै सरकार तथा अन्य विकास साझेदार समेतको सहकार्यमा निजी क्षेत्रका तर्फबाट गर्न सकिने थप तयारीका सम्बन्धमा महासंघले पहल कदमी लिने भएको हो ।