भदौ ३०, काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाको बोनस शेयर बुधवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ ।
कम्पनीको ३ लाख ६५ हजार ८३५ दशमलव २४ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यो बोनस शेयर लगानीकर्ताले हितग्राही खातामा आएपछि खरीदविक्री गर्न सक्नेछन् ।
कम्पनीले फागुन २२ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ८ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।