धनकुटा : मुलुकभरमा धनकुटा नगरपालिका क्षेत्रमा मात्र बसोवास गर्ने अल्पसंख्यक आठपहरिया जातिको मातृ भाषामा पठनपाठन हुँदै आएको भाषा कक्षा बन्द भएको छ।भाषागत समस्याका कारण विद्यालयहरूमा पहिलेभन्दा अहिले विद्यार्थीको कम उपस्थित हुन थालेको छ। विद्यालयले घरदैलो अभियान चलाउँदा भाषा नबुझेका कारण विद्यार्थी विद्यालय नआएको पाइएको देउराली माविका प्रधानाध्यापक यमबहादुर बस्नेतले बताए।आठपहरिया जाति धनकुटा नगरपालिकाका सबैजसो वडामा बसोवास गर्दै आए पनि वडा नं. ८ मा मुख्य बाहुल्य क्षेत्र हो।उक्त वडामा आठपहरिया