हिन्दू परम्परामा गाई पूज्य मानिन्छ । परम्पराले पूज्य र राष्ट्रिय जनावरको परिचय बनाएको गाईको महोत्तरीको गौशालामा अहिले बिजोग छ । उचित सम्भार, खानपान र उपचारको अभावमा गौशाला नगरपालिका–३ नवराजपुरस्थित निगौल गाई गौशालाका गाई भकाभक मर्दैछन् ।राष्ट्रिय सहकारी विकास बोर्ड अभिभावकत्वको गौशालाका गाईलाई उचित रेखदेख, पौष्टिक आहार र उपचारको अभाव छ । “न गाईलाई समुचित आहार छ, न खानपानको व्यवस्थित तालिका नै, गोठ पनि के भनौँ ? खोरमा थुनिएका छन्”, गाईको अवस्थाबारे गौशाला–४ का अजय कु