सुदूरपश्चिम सरकारको अनियमितता : कोरोनाका नाममा खानामै १ करोड स्वाहा

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले कोरोना कोषबाट खाना खुवाएर मात्र झण्डै एक करोड खर्च गरेको देखिएको छ। भारतबाट स्वदेश फर्किएका नेपालीलाई नाका र विभिन्न क्वारेन्टाइनमा प्रदेश सरकारले खाना खुवाएर मात्रै एक करोड खर्च गरेको हो। प्रदेशको सामाजिक विकास मन्त्रालयले विभिन्न क्वारेन्टाइनमा ६४ लाखको खाना खुवाएको जनाएको छ। मन्त्रालयले आफ्ना मातहतका कार्यालय तथा सुदूरपश्चिम फाउण्डेसन लगायतका संघसंस्थालाई जिम्मा दिएर खानामा ६४ लाख खर्च गरेको उल्लेख गरेको छ। कोरोनाको सुरुवाती अवस्थामा नाकामा अल