चीनले नेपाली विद्यार्थी फिर्ता गर्ने तयारी गरेकोमा धन्यवाद ज्ञापन

चीन–नेपाल कूटनीतिक परामर्श संयन्त्रको १४ औँ बैठक बुधबार सम्पन्न भएको छ। वैठकमा नेपालका परराष्ट्र सचिव भरत राज पौड्याल र जनगणतन्त्र चीनका सहायक विदेश मन्त्री वु जियानघाओले आ–आफ्नो देशका प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए। बैठकमा दुई पक्षले नेपाल–चीन सम्बन्धको पुनरावलोकन गरे भने द्विपक्षीय सम्बन्ध तथा सहकार्यलाई थप प्रवर्द्धन गर्ने बारेमा विचार आदान प्रदान गरे । सो अवसरमा दुई पक्षले उच्च–स्तरको भ्रमणको महत्त्वमाथि पनि जोड दिए र दुई देशबीच भएका सम्झौता र