नेपालमा श्रीमतीलाई प्रधानमन्त्री बनाउने भिजन हावी भयो : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले श्रीमतीलाई प्रधानमन्त्री बनाउन नेताहरुको ध्यान केन्द्रीत भएको टिप्पणी गरेका छन्।  आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले अहिले मुलुकमा देश बिकास गर्ने भन्दा पनि श्रीमतीलाई प्रधानमन्त्री बनाउने भिजन हावी भएको बताएका हुन्। उनले आफुले घुँडा टेक्ने हो भने सरकार बनाउन कुनै गाह्रो काम नभएको भन्दै कसैको प्रधानमन्त्री हुने मोहले देशको भविष्यसंग खेलबाड गर्न नहुने बताए । त्यस्तै अध्यक्ष ओलीले गठबन्धन सरकारले जस्तो सुकै कदम चालेर र राज्यसंयन्त्रको दुरुपयोग गरेर निर्वाचन जित्ने कोशिस गरेको आरोप लगाए । उनले एमालेले यसअघिको निर्वाचनमा कुनै पनि स्थानमा हमला नगरेको बरु एमालेका कार्यकर्तामा मारिएको र घाइते हुनुपरेको बताए । अहिले सवैको ध्यान मुलुकको बिकासमा केन्द्रीत हुनुपर्ने भएपनि नेताहरुमा समृद्ध नेपाल सुखी नेपाली भन्ने हिम्मत नआएको उनले बताए । उनले मुलुकको स्रोत साधनको अधिकतम प्रयोग गरेर मुलुकलाई समृद्ध बनाउन सकिने बताए ।