पोल्याण्ड र बुल्गेरियाजस्तै अन्य युरोपेली मुलुकको ग्यास आपूर्ति पनि कटौती हुनसक्ने रुसको चेतावनी

मस्को। रुसी राष्ट्रपति कार्यालय क्रेमलिनका प्रवक्ता दिमित्री पेश्कोभले रुबलमा भुक्तानी गर्न अस्वीकार गरे अरू युरोपेली मुलुकको तेल आपूर्ति पनि कटौती गरिने चेतावनी दिएका छन्। यसअघि रुसी सरकारी ग्यास कम्पनी ग्याजप्रोमले पोल्याण्ड र बुल्गेरियालाई दिइरहेको ग्यास आपूर्ति रोकिसकेको छ। युरोपेली नेताहरूले रुसी कदमलाई ‘ब्ल्याकमेल’ भन्दै आलोचना गरेका छन्। रुसी ग्यास कम्पनी ग्याजप्रोमले एक विज्ञप्ति जारी गर्दै पोल्याण्ड र बुल्गेरियाले रुसी मुद्रा रुबलमा भुक्तानी गर्न अस्वीकार गरेपछि ति