मानेभञ्ज्याङ ५ को वडाध्यक्षमा पुन: राई निर्वाचित

काठमाडौं : ओखलढुंगा जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका-५ काे वडाध्यक्षमा पुन: रामकुमार राई निर्वाचित भएका छन्। नेपाली कांग्रेसका उम्मेदवार राईले प्रतिद्धन्द्धिलाई ४ सय २६ मतले पछि पार्दै  उनले जित हासिल गरेका हुन्। राईले ८ सय ५२ मत ल्याएर जित हासिल गरे भने उनका प्रतिद्धन्द्धि नेकपा एमालेबाट वडाध्यक्ष उम्मेदवार द्रोन(दोसल) कटवालले ४ सय २६ मत ल्याएका थिए।राई २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएका थिए। राई गाउँपालिका-५ उदयपुरबासी हुन्।