विराटनगर : कोभिड–१९ महामारी रोकथाम तथा न्यूनिकरणका लागि सरकारले गत चैत्र ११ गते बन्दाबन्दीको घोषणा गरेसँगै थलिएको रानीनाकाका अधिकांश पसल अझै उठ्न सकेका छैनन्।समान्य अवस्थामा पसलमा आउने ग्राहकको भीडले बोल्नसमेत फुर्सद नहुने विराटनगरस्थित रानीनाकाका व्यापारी दिनभर पसल खोलेर ग्राहक कुरेर बस्छन्। अधिकांश भारतीय नागरिकको भरमा थेगिएको रानीनाकाका व्यवसाय डेढ वर्षदेखि ठप्पजस्तै छ। पछिल्लो समय मानिसको आवतजावत निकै कम हुन थालेको छ। दैनिक २५ सय देखि ४ हजार रुपैयाँसम्मको