चितवन माडी नगरपालिकास्थित बाँदरझुलाका सुकुम्वासी समुदायले काठमाडौंमा आन्दोलन शुरू गरेका छन् । आइतवार बाँदरझुला संघर्ष समितिले काठमाडौंको माइतीघरमा लालपुर्जा प्राप्तिको लागि आन्दोलन शरू गरेका हुन् ।
बाँदरझुला संघर्ष समिति संयोजक शारदा आचार्यले चितवन राष्ट्रिय निकुञ्ज र नगरपालिकाले ज्यादती गरेको र न्यायको लागि काठमाडौं केन्द्रित आन्दोलन गर्नुपरेको बताइन् ।
उनले काठमाडौंमा आएर आफ्नो जग्गाको लालपुर्जा प्राप्त गर्नुका लागि आन्दोलन गर्नुपर्ने बाध्यता भएको बताइन् ।
नगरपालिका तथा निकुञ्जमा लालपुर्जाको मा...