बझाङ – नेपाली कांग्रेसका नेताको आपसी लडाइँका कारण बझाङका कार्यकर्ताले सास्ती खेप्नुपरेको छ । हिजो शनिवार राति नै निर्वाचन अधिकृत चेतराज भट्ट सम्पर्कविहीन भएपछि आज आइतवार हुने भनिएको नेपाली कांग्रेसको जिल्ला चुनाव हुने वा नहुने भन्ने अन्योल भएको छ ।
यही विषयलाई लिएर जिल्लाका शीर्ष नेताहरू एकअर्का समूहलाई आरोप–प्रत्यारोप गरिरहेका छन् । निर्वाचन अधिकृत भट्ट भने चुनाव गराउन नसक्ने भन्दै शनिवार राति नै घर गएको आफूहरूले बुझेको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताउनुभयो । निर्वाचन अधिकृतले आफूहरूसँग ...