सर्लाहीबाहेक सबै क्षेत्रको समानुपातिकको मतगणना सकियो

प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फको नतिजा करिब करिब सकिएको छ। निर्वाचन आयोगका अनुसार अब सर्लाहीको मात्र मतपरिणाम घोषणा हुन मात्र बाँकि छ। सर्लाहीबाहेक सबै क्षेत्रको मतगणना सकियो। अब भोलि बिहान आयोगमा पत्रकार सम्मेलन गरेर अन्तिम परिणाम सार्वजनिक गर्नेछौ, आयोगका प्रवक्ता नवराज ढकालले भने। प्रत्यक्षतर्फ सबैभन्दा ठूलो दल बनेको नेकपा एमालेले समानुपातिकमा पनि अग्रता कायमै राखेको छ।…