ओलीको नीजि निवास आसपासमा सुरक्षा सतर्कता बढाइयो

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको नीजि निवास आसपासमा सुरक्षा सतर्कता बढाइएको छ  । सर्वोच्च अदालतको परमादेशपछि स्वतः पदमुक्त भएका नेकपा एमालेका अध्यक्ष रहेका ओलीको भक्तपुर बालकोटस्थित निवासमा सुरक्षाकर्मीहरुको उपस्थिति बढाइएको छ । ओलीको निवास सुरक्षार्थ पहिलेदेखि नै सशस्त्र प्रहरी तैनाथ हुँदै आएको थियो । अदालतको परमादेशपछि सोमबार साँझ बाट नै प्रहरीको उपस्थिति बाक्लो देखिएको स्थानीयहरुले बताए ।  ओली बुधबारमात्र सरकारी निवासबाट नीजि निवास बालकोट आउने जानकारी भएको सुरक्षा स्रोत