बझाङ : जिप दुर्घटनामा परेर आठ जनाले अकालमै ज्यान गुमाएपछि बझाङको मष्टामा शोकमा डुबेको छ। सदरमुकाम चैनपुरको सिलदेवी मन्दिरमा बुधवार मेला लागेको थियो। मेलाबाट घर फर्किरहेका मष्टा गाउँपालिकाका यात्रु सवार जिप बुधवार दुर्घटनामा परेको थियो।
सदरमुकाम चैनपुरबाट मष्टा गाउँपालिका-२, खेतकोट जाँदै गरेको सुपप्र ०१-००१ च ११७ नम्बरको जिप दिउँसो दुर्घटनामा…