काठमाडौंको गोंगबु बसपार्क क्षेत्रको गेस्ट हाउसमा एक महिलामाथि भएको सामूहिक बलात्कार घटनामा पक्राउ परेका ९ जनालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।
अदालतले आरोपी ९ जनालाई थुनामा पठाउने र ३ जना होटल सञ्चालकहरूसँग जनही ३/३ लाख रुपैयाँ धरौटी माग गर्ने आदेश गरेको हो ।
आफूमाथि सामूहिकरूपमा करणी भएको भनेर महिलाले दिएको जाहेरीका आधारमा अनुसन्धानका गर्दै प्रहरीले ९ जनालाई पक्राउ गरेको थियो ।