पोखरा- गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका खगराज अधिकारी नियुक्त भएका छन्। प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ (२) अनुसार दुईभन्दा बढी दलको समर्थनमा दावी पेस गरेका अधिकारीलाई सोमबार मुख्यमन्त्री नियुक्त गरेका हुन्। अधिकारीले ३३ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दावी पेस गरेका थिए। एमालेका २२, नेकपा माओवादी केन्द्रका ८, राप्रपाका २ र स्वतन्त्र निर्वाचित भई नेकपा […]