फागुन २, काठमाडौं । चिनियाँ एपबाट समस्या बढेको भन्दै भारत सरकारले बिभिन्न ५४ ओटा चिनियाँ एपमाथि प्रतिबन्ध लगाउने भएको छ।
एक रिपोर्टका अनुसार भारतीय सुरक्षासँग यस्ता एप खतरा भएकोले बन्द गर्नुपर्ने भएको बताईएको छ।
यो पहिलो पटक भने होइन, यसअघि भारत र चीन बीच गलवान गल्छिमा सैनिक बीच हिंस्रक झडप हुँदासमेत ५९ ओटा चिनियाँ एप बन्द गरिएको थियो। त्योभन्दा पहिले भारतको सूचना मन्त्रालयले पीयूबिजी (पब्जी) मोबाईल ग्यामसहित ११७ ओटा अन्य चिनियाँ एपमा सूचना प्रविधि ऐनको सेक्सन ६९- ए अनुसार प्रतिबन्ध लगाएको थियो। भारत सरकारले हालसम्म २३० ओटाभन्दा बढि चिनियाँ एपमा प्रतिबन्ध लगाएको छ।
सरकारले सुरक्षालाई ध्यानमा राख्दै बन्द गर्न लागेको एपमा स्वीट सेल्फी एचडी, टेनसेन जेभियर, अन्म्योजी एरेना, एपलक, बिउटी क्यामेरा, सेल्फी क्यामेरा, भिभा भिडियो ईडिटर, डूअल स्पेस लाईट लगायत समावेश छन् । एजेन्सीको सहयोगमा