काठमाडौंका भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूले वैकल्पिक आवासको व्यवस्था भए बस्ती छोड्न तयार रहेको बताएका छन् । उनीहरूले काठमाडौंका मेयर बालेन शाहलाई ध्यानाकर्षण पत्र बुझाउँदै भूमिसम्बन्धी ऐन र नियमावलीको आधारमा भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको पहिचान तथा लगत संकलन र वैकल्पिक आवासको व्यवस्थापन सुनिश्चित गरेरमात्रै बस्ती हटाउन आग्रह गरेका हुन् ।