न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकारहरुको आधारभूत तलव २५ प्रतिशतले वृद्धि गर्न सरकारसमक्ष सिफारिस गरेको छ । समितिले बुधवार सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई ‘श्रमजीवी पत्रकार, कर्मचारी एवं कामदारको पारिश्रमिक पुनरावलोकन सिफारिस–२०७८’ प्रतिवेदन पेश गर्दै श्रमजीवीको तलव २५ प्रतिशतले वृद्धि गर्न सिफारिस गरेको हो । प्रतिवेदन पेश गर्दै समितिका अध्यक्ष राजेन्द्र अर्यालले श्रमजिवीहरुको आधारभूत आवश्यकता, बजारको अवस्था, मौद्रिकमा आएक