द्रुतमार्ग आयोजनाका प्रमुखलाई कारवाही गर्न विकास समितिको निर्देशन

काठमाडौं–निजगढ द्रुतमार्ग आयोजनाका प्रमुखसहितका पदाधिकारीलाई कारवाही गर्न संसदको विकास तथा प्रविधि समितिले सरकारलाई निर्देशन दिएको छ । आइतबार समितिको बैठकले ठेक्का व्यवस्थापनमा संलग्न आयोजना प्रमुख प्राविधिक सहायकरथी विकास पोखरेलसहितका अधिकारीलाई कारवाही गर्न निर्देशन दिएको हो ।सिंहदरबारमा बसेको बैठकमा सो आयोजनाको ठेक्का सम्झौता सम्बन्धी छानविन समितिको प्रतिवेदनबारे छलफल भएको थियो । सार्वजनिक खरिद ऐन अनुसार ठेक्का प्रक्रियाको काम अघि नबढेको समितिको ठहर छ । समितिले ठेक्का प्रक्रियामा संलग्न